काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आफ्नो ब्राण्ड एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ ।
काठमाडौंमा आईतवार एक भव्य समारोहकाबिच काठमाडौँ गुर्खाजले ब्राण्ड एम्बासडरमा इन्दुलाई घोषणा गरेको हो । सोही अवसरमा काठमाडौंले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो । मार्की खेलाडी करण केसी नयाँ जर्सीमा उपस्थित भए । काठमाडौं गुर्खाजले बाजागाजासहित काठमाठौँको संस्कृति र पहिचान झल्कने किसिमको प्रश्तुतीहरू देखाएको थियो । नेवारी भेष नृत्य र लाखे नाच पनि प्रश्तुत गरिएको थियो ।
अक्सनबाट समावेश खेलाडीलाई सुटसहित स्टेज उपस्थिति गराउँदै काठमाडौं गुर्खाजले आफ्नो तयारी विशेष रहेको सन्देश दियो । सोही कार्यक्रमका बीच काठमाडौंको आफ्नो मुख्य प्रायोजकमा बिवाइडीलाई घोषणा गरेको छ । उक्त कार्यक्रममा काठमाडौं गुर्खाजका अध्यक्ष उपेन्द्र महतो, नेपाल क्रिकट संघ (क्यान) का सचिव पारस, खड्का, टिम मालिक श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थिए ।
काठमाडौंको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहयाक प्रशिक्षकसमेत हुन् । काठमाडौं गुर्खाजका अन्य खेलाडी साहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् । काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा
काठमाडौं गुर्खाजले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान जेरार्ड इरासमस, इङ्ल्याण्डका क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्