काठमाडाैँ । नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि राज्यले एकल कर प्रणाली बनाउन माग गरेको छ ।
सोमवार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व विभागसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरले यस्तो माग राखेको हो । सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरूलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ । चेम्बरले कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्यो । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक विकेन्द्रिकरण मात्रै नभएर आर्थिक एकिकरण गर्न आवश्यक रहेको बताए ।
उनले आर्थिक एकिकरण भएमात्रै पनि निजी क्षेत्रमा रहेका विभिन्न किसिमका अन्योलताहरु हट्ने बताए । उनले पछिल्लो समय बजारमा नक्कली भ्याटबिलको समस्याले व्यवसायीहरुमा त्रास सिर्जना गरेको बताए । उनले केही खराब व्यवसायीको कारण सकारात्मक रुपका काम गरिरहेका व्यवसायीहरु मारमा परेको बताए ।
उनले सरकारले नक्कली भ्याटबिल जारी गर्ने व्यवसायीलाई छानविन गरी गल्ती नगर्ने व्यवसायीहरुले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्ने बताए ।उनले आयकर ऐनमा पनि परिमार्जन आवश्यक रहेको बताए ।उनले आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको भन्दै ट्रान्सफर मूल्य नै किटान गर्न नसकिएको बताए ।उनले सम्पती शुद्धिकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्र्न नपाउने व्यवस्था कार्यान्वयनको लागि सम्पूर्ण व्यवसायीहरूको सम्पति अभिलेखिकरण गर्न आवश्यक रहेको बताए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले पछिल्लो समय १८ कम्पनी स्थापना गरी आवश्यकताअनुसारको नक्कली भ्याट बिलको कारोबार गरिरहेको बताए । उनले उद्योग वा बजारबाट उत्पादन किनेको र पैठारी गरेर ल्याएको मात्रै समान बेच्न पाउने कम्पनीले भ्याट बिल जारी गरी सामान बेच्न पाउने बताए । तीन वटै स्रोत शुन्य भएपनि कम्पनीमार्फत करोडौंको कारोबार गरेर भ्याटबिल काटिरहेको बताए । उनले अहिले बजार यस्तो खालको फण्डामा परेको बताए ।
महानिर्देशक आचार्यले आयात निर्यातमा पनि नक्कली भ्याट बिल र कम्पनीको सुचना विभागलाई रहेको भन्दै अनुसन्धान गरि रहेको बताए । उनले गलत नगर्ने व्यवसायीहरुलाई पनि नक्कली भ्याट बिलका विषयले अफ्ठ्यारो बनाएको र प्रतिष्पर्धी बजारलाई असर गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्