बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन मंगलबार १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको जनाएको छ ।