५१ अंकले घट्यो नेप्से, १० अर्ब ४६ करोड रूपैयाँ बढीकाे काराेबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुह घटेका छन् ।

मंगलबार न्याग्दी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार ८०५ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी न्याग्दी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् कम्पनीको सेयरमूल्य ९.२५ प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ सय कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।