काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको कारण राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकले मंसिर २६ गते यसको साँवा ब्याज भुक्तानी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्