काठमाडौँ । मृत्यु पछि छोरीको हस्ताक्षर किर्ते गर्ने सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षलाई कारवाही गर्न माँग गर्दै पीडित परिवारले बुधबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको मृत्यु पछि हस्ताक्षर किर्ते गरि नक्कली कागज तयार गरेर एयरलाईन्स व्यवस्थापन पक्षले गम्भिर अपराध गरेको भन्दै प्रधानीमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन ।
प्रधानमन्त्रीको नीजि सचिवालमा दर्ता नम्बर ४०६० मा दर्ता भएको उजुरीमा १२ वर्ष देखि उर्जा मन्त्रालयमा कार्यरत छोरीको व्यापारिक स्वार्थ पुरा गर्न एयरलाईन्सको व्यवस्थापन पक्षले गैर कानूनी हर्कत गरेर मरणोप्रान्त छोरीलाई भ्रष्ट सावित गर्न खोजेको र पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्याएको उल्लेख छ ।
उजुरीमा जहाज दुर्घटना छानविन गर्न बनेको सरकारी आयोग गठन गर्दा कानून विपरित योग्यता नै नपुगेकालाई आयोगको सदस्य बनाइएको र आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप लगाइएको छ । उक्त प्रतिवेदनको पुन परिक्षण गर्न संवैधानिक आयोग गठन गर्न उजुरीमा माग गरिएको छ ।
उजुरीमा भनिएको छ,”सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको जानाजान लापरबाहि, प्राविधिक त्रुटि र मानवीय कमजारि हो भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको छ ।” १८ जनाको ज्यान जाने गरि भएको उक्त आपराधिक घटनाका मुख्य दोषि वायुसेवा कम्पनी र यसको व्यवस्थापन पक्ष लगायत सम्बद्ध सबै दोषिलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन उजुरीमा माग गरिएको छ ।
गत २०८१ साउन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा छोरी,ज्वाई र नाति गुमाएका पत्रकार खतिवडाले गैरकानुनी उडानमा आफुले तीन सन्तती गुमाउनु परेको र मृत्युपछि छोरीलाई भ्रष्ट सावित गर्न खोजेर एयरलाइन्स व्यवस्थापन पक्षले गम्भिर अपराध गरेको आरोप लगाए ।
“प्रधानमन्त्रीको किर्ते गर्नेलाई पक्राउ गरेर कारवाही हुने तर गम्भिर अपराध गर्ने सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षलाई पक्राउ गरेर कारबाही गर्न कुन कानुनले छेकेको छ,” खातिवडाले प्रश्न गरेका छन् । खतिवडाले आजै सस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयमा समेत उजुरी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्