काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आज काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।
मन्त्रीअधिकारीले संघीयता लागू भैसकेपछी कृषिको प्राबिधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन नसकेकाे बताए । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरि सुझाव लिएको छ । पुर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समुहले कार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्