बोटलर्स नेपाल (तराई) ले गर्‍यो लाभांश घोषणा


काठमाडौं । बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ५० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।

कम्पनीले मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रति शेयर ५० रुपैयाँ दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।