नेप्से ३१ अंकले घट्यो


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३१.३१अंकले घटेर २६८०.४४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुह घटेका छन् ।

विहीबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड २४ लाख १० हजार ९६० रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रिस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयरमूल्य १०प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ सय कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।