रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरूलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रवार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उहाँले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिए ।

“कुनैपनि खालको अपराध, अराजकताहरु जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरुलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु । हिन्दीमा एउटा भनाई छ–उल्टै चोर कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति कति प्रमाणहरु छन् । आफैँ सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? अ?लाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सैह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सैह्य हुनेछैन,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहो¥याए । उनले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडाैँ रकम राखेको भन्नेहरुले प्रमाण ल्याउन पनि चुनौति दिए ।