काठमाडाैँ । जाडो याम सुरू भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ । जाडोले सबैलाई सताउँछ । त्यसैले पनि जाडो याममा न्यानो—न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ ।
चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ । अझ बालबालिकाहरुको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । आफूलाई चिसो महशुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्