काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्कील्स ए१रए२, ब१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।
“हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,”आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।”
प्रतिक्रिया दिनुहोस्