काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने चेतावनी दिएका छन् ।
द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए ।
उनले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे । चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्