५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता रहेका कारण बोलकबोल माध्यमबाट १४ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले मंसिर २३ गते यसको साँवाब्याज भुक्तानी गर्ने जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।