‘मुक्तिनाथ म्यचुअल फण्ड-१’ जारी गर्दै मुक्तिनाथ क्यापिटल


काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को आइपीओ जारी गर्ने भएको छ । फण्डले आगामी मंसिर २० गतेदेखि योजनाको १० करोड इकाई सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ ।

मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेका छन् ।

प्रति इकाइ मुल्य रु।१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यो योजनाको इकाई खरिदको लागि छिटोमा मंसिर २४ गते र ढिलोमा पुस ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।