काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार न्याग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५४ करोड ७ लाख ५० हजार ६७८ रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, न्याग्दी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्