काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो। यो कम्पनीको आफ्नो जारी पूँजीको ३० प्रतिशले हुन आउने जनाइएको छ ।
जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्