एलआईसी नेपालको हकप्रदमा आजदेखि आवेदन खुला


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले चुक्तापूँजीको १ः०.८८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो ।

लगानीकर्ताले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रधान कार्यालय र सम्पूर्ण शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यो हकप्रद खरिदका लागि आगामी पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।