एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले मंसिर १२ गते निष्काशन गर्ने छ भने साँवा ब्याज पुस ३ गते भुक्तानी गर्ने जनाएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र बोलकबोल सहभागी हुन पाउने छन् ।