काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
नेप्सेमा आज जानकी फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ७ ओटा कम्पनीले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । यी ७ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्