निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन १४ अर्ब नाघ्यो, सगरमाथा लुम्बिनी अग्रस्थानमा


काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा निर्जीवन बिमा कम्पनीहरूले १४ अर्ब ९ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । संचालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको चार महिनामा कुल ८ लाख ९७ हजार २३५ वटा बिमालेख जारी गरी कुल १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । त्यस्तै सुद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।

त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेकाे छ भने सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ,राष्ट्रिय बिमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।