काठमाडाैँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरू एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएका छन् ।
उद्योग वाणिज्य संघ काठमाडौँले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीहरूले पानी व्यवसायीहरूलाई र पानी उत्पादकहरूले सिमेन्ट लगायत व्यवसायीहरूलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताएका हुन्।
उनले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताए । उनले व्यवसायीहरूबिच आरोप\प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताए । उनले बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताए ।
उनले आरोप\प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरूलाई कमजोर बनाउने बताए । उनले दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई\तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरूलाई कारबाही गर्ने नियत नभएको बताए ।
उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताए । उनले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानूनी कारबाही गर्नु आवश्यक रहेको बताए । उनले सरकारले लगानी समेत डुब्ने गरी कारबाही गर्दा उद्योग व्यवसायबाट व्यवसायी पलायन हुने अवस्था आउने बताए ।
उनले सरकारले बजार अनुगमनबाट अस्वभाविक मूल्यवृद्धि हुँदैन भन्ने ग्यारेन्टी गर्दा मात्रै बजार अनुगमनको प्रभावकारीता हुने बताए । उनले मिति सकिएका वस्तुहरु बजारमा पाइँदैन भन्ने अवस्था बनाउँदा मात्रै उपभोक्ताहरू ढुक्क भएर बजारमा जानसक्ने अवस्था आउने बताए ।
प्रतिक्रिया दिनुहोस्