काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ ओटा उपपसमुहको सेयरमूल्य बढेको छ ।
सोमबार नेप्सेमा नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा तारागाउँ रिजेन्सी, बिशाल बजार कम्पनी र खानिखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.७२ प्रतिशतले घटेको छ ।
कुल ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्