काठमाडौँ । काठमाडाैँकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा भन्सार छलिको गाडी रहेको सूचनाका आधारमा प्रहरीको टोलीले चेकजाँच गर्दा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुईजना नेपाली र एकजना चिनियाँ नागरिक छन्।
प्रहरीले किया कम्पनीको सेलटाेस गाडी, स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ नगद, र विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा अर्घाखाँची घर भई हाल ललितपुरको हात्तिबनमा बस्दै आएका ४३ वर्षीय चिरञ्जीवी पौडेल, धनुषाका ३० वर्षीय विक्की रञ्जन जैसवाल, र चीनका २४ वर्षीय सुइजुम्लुङ रहेका छन्।
चेकजाँचका क्रममा बरामद गरिएका सामग्रीहरूमा डेल कम्पनीका पाँच थान ल्यापटप, सामसङ ए१६ मोडेलका सात थान मोबाइल, २३ थान स्मार्टवाच, रआइफाेन १५ प्राे म्याक्स समावेश छन्। पक्राउ परेका चिनियाँ नागरिकको साथबाट बी एए ७७७९ नम्बरको स्यान्ट्रो गाडी र १४ लाख ६० हजार रुपैयाँ नगद पनि फेला परेको प्रहरीले जनाएको छ।
हाल तीनैजना पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। प्रहरीका अनुसार भन्सार छलि र अवैध गतिविधिको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्