निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबिच सिमेन्टको मूल्य घटाउने सहमति


काठमाडाैँ । सिमेन्ट उद्योगी व्यवसायीहरूले  सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबिचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको बताए । उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । 

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूचि छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।