काठमाडाैँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार,विमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिए ।
उनले लगानी प्रवद्र्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बिमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताए ।उनले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गरे ।
उनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा वाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे । उनले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताए ।
उनले सरकार र नियमनकारी निकायहरुबीच ट्युनिङ मिल्ने÷नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्