काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले हिजाे (विहिबार) भर्चुअल माध्यमबाट सम्पन्न बैठकको निर्णयअनुसार अण्डाकाे नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। संघले चितवनलाई आधार मानीआजदेखि लागू हुने गरी अण्डाको समर्थन बिक्री मूल्य तय गरेको छ। यो मूल्यलाई व्यापारीहरूले पालना गर्न अनुरोध गरिएको छ।
चितवनबाट लोड गरी देशभर अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी रु १४० थप लाग्ने जनाइएको छ। अण्डाको नयाँ मूल्य सूची अनुसार, मिडियम अण्डाको प्रति क्रेट मूल्य रु ४७० निर्धारण गरिएको छ भने ठूलो अण्डाको प्रति क्रेट मूल्य रु ४८५ तोकिएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार यो निर्णयले बजार व्यवस्थापनलाई सहजीकरण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्