मलेसिया । मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ ।
डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएको छ । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार भएको थियो । विद्युत उत्पादनमा २.५ प्रतिशतले वृद्धि भएको थियो । तर खानी क्षेत्रमा थप २.८ प्रतिशतले उत्पादन घटेको छ ।
महिना–महिना आधारमा आईपीआई सेप्टेम्बरमा ऋणात्मक ०.७ प्रतिशतबाट १.७ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा आईपीआई गत वर्ष ०.८ प्रतिशतको तुलनामा ३.७ प्रतिशतमा सुधार भएको छ । यस अवधिमा खनन सूचकांक (०.९ प्रतिशत), उत्पादन परिसूचक (४.२ प्रतिशत) र विद्युत सूचकांक (६ प्रतिशत) जस्ता सबै क्षेत्रको वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्