२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा


काठमाडाैँ । कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।आइतवारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो ।

आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेकाे थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए । उनले फलतः अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पती भएको बताए । पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको बताए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । —न्युज एजेन्सी नेपाल