काठमाडाैँ । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर नेवार समुदायले आज योमरी पूर्णिमा मनाएका छन् ।
धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरू गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो। यस वर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ।
त्यस्तै आज काठमाडाैँकाे वस्नतपुरमा नेवार समुदायले नयाँ चामलको पिठोलाई माछाको जस्तो आकार बनाई चाकु, तिल, खुवा आदि राखेर पानीको बाफमा पकाई योमरी तयार पारेर बेचेका छन् । त्यस्तै उनीहरूले कुल तथा पितृलाई चढाएर प्रसादको रूपमा सबैलाई बाँडेर खाने चलन छ।











प्रतिक्रिया दिनुहोस्