काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०र८१ का लागि हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यसका साथै बैठकले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभा गृह सिटी हलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्