काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई उक्त लाभांश दिने निर्णय गरको हो ।
बैठकले आव २०८०र८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्