ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने


काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले २०८० ८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आर्थिक विवरणहरु नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको छ ।