काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओट उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा कम्पनीको सेयरमूल्य घटेको छ ।
मंगलबार कारोबार रकमको आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागको छ ।
कुल ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्