एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ ।

राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोलको माध्यमबाट एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

पुस ३ गते २ बजेसम्म बोलकबोल हुने छ भने राष्ट्र बैंकले यसको साँवा ब्याज पुस २४ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन पाउने छन् ।