नेपाल फाइनान्सले लाभांश नदिने


काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र आगामी साधारण सभाबाट अनुमोदन गर्ने जनाएको छ ।