बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकम लिनको लागि ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २०८१ पुष ९ गतेदेखि २०८२ पुष ९ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड १५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड ५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।