काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा जानकी फाइनान्स सबैभन्दा अग्रस्थानमा रहेको छ । फाइनान्सको १५ करोड ५९ लाख २३ हजार बढिको कारोबार भएको छ ।
आजको दिने नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोपाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले घटेको छ ।
कुल ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्