काठमाडौँ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्