काठमाडौं । कृषि विकास बैंकले १०ं.५३ प्रतिशत लाभांश दिने लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्