इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा ‘इप्पान रजत जयन्ती, २०८१’ मनाउने भएको छ ।

इप्पानले विशेष कार्यकम सहित ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित आफ्नो रजत जयन्ती मनाउन लागेको हो ।

इप्पान लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरुको छाता संस्था हो ।

इप्पानले २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरुलाई प्रस्तुत गर्न विशेष कार्यकमसहित रजत जयन्ती मनाउन लागेको इप्पानले जनाएको छ। वि.संं. २०५७ साल माघ ४ गते इप्पानको स्थापना भएको थियो ।

देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुऱ्याएको इप्पानले आफ्नो २५ औं वार्षिकोत्सव ‘इप्पान रजत जयन्ती, २०८१’ यहि माघ ४ गते मेरियट होटल काठमाडौँमा मनाउन लागेको जनाएको छ।