नेप्से ३१ अंकले घट्यो, ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहीबाार सेयरमापक सूचक नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा जानकी फाइनान्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड ६० लाख ५४ हजार ६०३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिने नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२१ प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।