काठमाडाैँ । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरू भएको छ ।
एक्सपोको उद्घाटन शुक्रवार एक समारोहकाबिच वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनल गरेका हुन् । तीन दिनसम्म चल्ने एक्सपोको आइतवार सकिने आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले प्रविधिको क्षेत्रमा काम गरिरहेका विदेशी कम्पनीहरुलाई नेपाल भित्र्याउने उद्देश्यले एक्सपोको आयोजना गरेको बताए ।
एक्सपोमा प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालसहित, भारत र चीनका १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको बताए । उनले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको यो सबैभन्दा ठूलो मेला रहेकोले लाभ उठाउन सबौ आग्रह समेत गरे ।
त्यस्तै आजदेखि नै भृकुटीमण्डपमा चौथो नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी समेत सुरू भएको छ । मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) को संयोजकत्वमा आइतवारसम्म चल्ने मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित सेवाहरू लिन सकिने बताइएको छ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्