काठमाडाैँ । चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएको छ । नेपाल र चीनबिचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ । आफ्नाे विधागत कार्यमा दुईदेश बिचका फोटोपत्रकारहरूले खिचेका सांकेतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी केही दिनअघि मात्रै सम्पन्न भएको थियो ।
विन्झाओ फोटोग्राफर एसाेसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रिय टोली पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएको थियो । १४ जना नेपाली फोटोपत्रकारको उक्त टोली चीनमा फोटो प्रदर्शनीका लागि पुगेको थियो । प्रदर्शनीमा दुई देशबिचका फोटोग्राफरहरूले कैद गरेका तस्बिरहरू राखिएको थियो भने चीनका विन्झाओ, जिनोन, शान्तोङ लगायतका विभिन्न स्थानमा फोटो पत्रकारहरूले भ्रमण समेत गरेका थिए । यसै सेरोफेरोमा रहेर कैद गरिएका चीनका सुन्दर स्थानहरू सम्बन्धी केही तस्बिरहरू आजको फोटो फिचरमा ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्