काठमाडाैँ । फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्ले जोडेको रनले नै खेलमा प्रभाव परेको उल्लेख गरेका हुन् । साथै उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो सुरू गरेअनुरूप १०÷१५ रन कम भएको पनि बताएका छन् ।
विकेट पनि हुँदा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमटा उल्लेख गरेका छन् । पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नुले खराब पक्ष रहेको उनको बुझाइ छ । प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बनेको प्रशिक्षक जगत बताउँछन् ।
प्रशिक्षक टमटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताएका छन् । घरेलु र उमेर समूहका क्रिकेटरले एनपिएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्