काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो ।
जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्