काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
बैंककले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्