नागरिक लगानी कोषको लाभांश घोषणा


काठमाडौँ। नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषको पुस ७ गते बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति पश्चात कोषका आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।