काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले होटल सामना हेटौंडामा बिहान ११ बजे सभा आव्हान गरेको हो ।
सभामा चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्