काठमाडाैँ । प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसद सचिवालयले निलम्वन गरेको छ ।
सोमवार संसद सचिवालयले चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सांसद लामिछानेलाई सांसद पदबाट निलम्वन गरेको हो । लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र भएसँगै संसद सचिवालयले निलम्वन गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको व्यवस्था रहेको बताए ।
लामिछानेविरुद्ध आईतवारमात्रै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पती शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्